काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














