राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेश



काठमाडौं । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२/२०८३’ पेश गरेको छ ।

बुधवार बसेको सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण पेस गरेका हून् ।

सभामा आर्थिक सवेक्षण पेस गर्दै उनले सन् २०२६ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतमा सिमिति हुने अनुमान रहेको बताए ।

उनले प्रतिकुल विश्वपरिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३ दशमलव ८५ प्रतिशतले वृद्धि हुने अनुमान रहेको बताए । प्रदेशगत रुपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अर्थमन्त्री वाग्लेको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०८३ बुधबार  ३ : १३ बजे