काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
आज प्रतितोला पाँच हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।














