सामाजिक सञ्जालको लहरबाट उदाएका शक्तिहरू छिट्टै पतन हुन्छन् : वर्षमान पुन



काठमाडौँ नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने टिप्पणी गरेका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार र राजनीतिक जगबिना आएका त्यस्ता शक्तिहरू छिट्टै ओरालो लाग्ने दाबी गरे।

पछिल्लो समय विकसित राजनीतिक प्रवृत्तिको विश्लेषण गर्दै नेता पुनले डिजिटल युगमा एजेन्डाहरू सामाजिक सञ्जालबाटै तय हुने र त्यहाँ कुनै निश्चित नेतृत्व नहुने बताए। मन मिल्ने (लाइक माइन्डेड) हरूको समूहले एजेन्डा सेट गर्ने यो नयाँ परिपाटी अत्यन्तै तीव्र, आक्रामक र कतिपय अवस्थामा ध्वंसात्मक तथा हिंसात्मक हुने गरेको उनको टिप्पणी छ।

नेता पुनले भर्चुअल दुनियाँको प्रभावका कारण निर्वाचनका क्रममा मतदान केन्द्र (बुथ)मा भौतिक रूपमा मान्छे नदेखिए पनि परिणाम भने अनपेक्षित आउने गरेको उल्लेख गरे।

प्रकाशित मिति : जेष्ठ १६, २०८३ शनिबार  ८ : ५९ बजे