सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ।आइतबार प्रतितोला पाँच हजार तीन सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : जेष्ठ १८, २०८३ सोमबार  १२ : ०६ बजे