काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेप्से परिसूचक २.६६ अंकले बढेर २,७८० को विन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड २३ लाख रुपैयााको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै नेपाल रिइनस्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले गुमाएका हुन् ।














