काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्यहरू छनोट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार समिति सदस्य छनोट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो ।
प्रतिस्पर्धाबाट छानिएर आफू सूचीमा परेपनि अन्यायपूर्वक छनौट नभएको भन्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।














