सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २५, २०८३ सोमबार  ११ : ३६ बजे