काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














