काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
बिहीबार (जेठ २८) बिहान प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले आफूले कुनै प्रकारको आर्थिक अनियमितता नगरेको दाबी गर्दै प्रमाण प्रस्तुत गर्न चुनौती दिए।
“दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, म अर्थमन्त्री पद मात्र होइन, राजनीति र सम्पूर्ण सार्वजनिक जीवन नै त्याग्न तयार छु,” मन्त्री वाग्लेले भने।
उनले नैतिकताको विषयमा आफू दृढ रहेको उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूले पनि यस्तै जवाफदेहिता र उत्तरदायित्व प्रदर्शन गर्नुपर्ने धारणा राखे।














