काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ ।
आज विहिबार नेप्से ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५० कम्पनिका ९२ लाख ३१ हजार २१६ कित्ता शेयर ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ मा कारोबार भएको थियो ।
आज, सबैभन्दा बढी सोपान फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपोलो हाइड्रोको शेयर १४.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सप्तकोशी विकास बैंकको शेयर १३.५१ प्रतिशतले घटेको छ ।
बजार घट्दा ८२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १७८ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनी स्थिर रहे ।














