नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णय अव्यावहारिक: रास्वपा सांसद कार्की



काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्कीले नयाँ सवारी दर्ता रोकिदाँ यातयात व्यवसायी समस्यामा परेको बताएका छन् । ।

प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हून् ।

उनले पुराना सवारी विस्थापन गर्नुपर्ने समयमा नयाँ दर्ता रोकिएर राखेको आरोप लगाए । उनले तत्काल नयाँ सवारी दर्ता खोल्न सरकारसंग माग गरे । उनले यातयात मन्त्रालय हटाएको पनि असन्तुष्टी जनाए ।

“अब नयाँ दर्ता रोकिएको छ । यातायात व्यवसायीहरूको मुख्य सिजन दसैँ हो, दसैँ आइसक्यो, धमाधम चेसिस ल्याएर बडी बनाउने बेला छ, यही बेला दर्ता रोकिएको छ,” उनले भने, “यो बेला रोकिएको दर्ताले कसरी व्यवसायीलाई सहज हुन्छ ?”

प्रकाशित मिति : असार २, २०८३ मंगलबार  २ : ०२ बजे