काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।
शनिवार चिवतनमा बसेको रास्वपाको केन्द्रिय समिति बैठकमा उनले लोकतान्त्रिक मूल्य–मान्यताप्रति सधैं प्रतिवद्ध रहने बताएका हुन् ।
उनले मुलुकमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको उल्लेख गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उनको भनाई छ ।














