काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।
आज सुनको मूल्य प्रतितोला तीन हजार ६ सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।मंगलबार प्रतितोला चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चमर सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।














