ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोड बजेट



काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बुधबार महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी आवका लागि बजेट सार्वजनिक गरेकी हुन् ।

आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

चालू आवका लागि २ अर्ब ९६ करोड ६४ लाख १८ हजार विनियोजन भएकोमा आगामी आवमा कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता, तथा अन्य प्रशासनिक दायित्वका कारण चालु खर्चमा वृद्धि गरिएको उनले जानकारी दिइन् ।

गत वर्षको तुलनामा चालू खर्चतर्फ करिब २८ करोड रुपैयाँ बढ्ने महानगरले प्रक्षेपण गरेको छ । यो रकम चालू वर्षको तुलनामा ९ प्रतिशत बढी हो ।

यस्तै, पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालू आवमा यस्तो खर्च ४ अर्ब ५० करोड ७७ लाख २९ हजार विनियोजन भएको थियो ।

प्रकाशित मिति : असार १०, २०८३ बुधबार  ७ : ३५ बजे