यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार (असार ११)का निम्ति कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २०, आलु रातो (लाम्चो) प्रतिकिलो ३८, आलु रातो (गोलो) प्रतिकिलो ३५, आलु रातो (मुढे) प्रतिकिलो ३५, आलु रातो (भारतीय) प्रतिकिलो ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलोको मूल्य ५२ रुपैयाँ तोकिएको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो १००, बन्दा (लोकल) प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो १२०, रातो मूला प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लो प्रतिकिलोको मूल्य ३० रुपैयाँ कायम गरिएको छ ।

समितिका अनुसार, बोडी (तने) प्रतिकिलो ३०, मकै बोडी प्रतिकिलो ५०, मटरकोसा प्रतिकिलो २००, घिउसिमी (लोकल) प्रतिकिलो ६०, घिउसिमी (हाइब्रिड) प्रतिकिलो ६०, घिउसिमी (राजमा) प्रतिकिलो ९०, टाटेसिमी प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो १००, तितेकरेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ५०, परबर (लोकल) प्रतिकिलो ४०, परबर (तराई) प्रतिकिलो ४०, चिचिन्डो प्रतिकिलो ३०, घिरौँला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ५०, फर्सी पाकेको प्रतिकिलो ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, भिन्डी प्रतिकिलो ३०, सखरखण्ड प्रतिकिलो १२० र पिँडालु प्रतिकिलो १००, इस्कुस प्रतिकिलोको मूल्य ४० रुपैयाँ कायम गरिएको छ ।

रायो साग प्रतिकिलो ४०, पालुंगो प्रतिकिलो ६०, चमसुरको साग प्रतिकिलो ६०, तोरीको साग प्रतिकिलो ५०, हरियो प्याज प्रतिकिलो १५०, च्याउ (कन्य) प्रतिकिलो २५०, च्याउ (डल्ले) प्रतिकिलो ४५०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलोको मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ३००, निगुरो प्रतिकिलो १००, ब्रोकाउली प्रतिकिलो १००, चुकन्दर प्रतिकेजी ७०, सजीवन प्रतिकेजी २५०, रातो बन्दा प्रतिकिलो ४०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो ३५०, सौफको साग प्रतिकिलो ७०, पुदिना प्रतिकिलो २००, गान्टेमूला प्रतिकिलो ६०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १६०, तोफु प्रतिकिलो१६०, गुन्द्रुक प्रतिकिलोको मूल्य ३५० रुपैयाँ तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (नेपाली) दर्जनको २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो २००, अनार प्रतिकिलो ४२०, आँप (मालदह) प्रतिकिलो ९०, आँप (दशहरी) प्रतिकिलो १००, तरबुजा (हरियो) प्रतिकिलो ६०, जुनार प्रतिकिलो २३०, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ६०, रुखकटहर प्रतिकिलो ५०, नासपाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ९०, मेवा (भारतीय) प्रतिकिलो १२०, लिची (लोकल) २००, लिची (भारतीय) ३००, नरिवल (काँचो) प्रतिकिलो ८० र नरिवल (हरियो) प्रतिकिलोको मूल्य १७० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १४०, सुकेको खुर्सानी प्रतिकिलो ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ३०, माछे खुर्सानी प्रतिकिलो ५०, अकबरे प्रतिकिलो ३००, भेडेखुर्सानी प्रतिकिलो ८०, हरियो लसुन प्रतिकिलो २००, हरियो धनियाँ प्रतिकिलो १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो १८०, माछा सुकेको प्रतिकिलो एक हजार , ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो ३०० र ताजा माछा (छडी) प्रतिकिलोको मूल्य २५० रुपैयाँ निर्धारण गरिएको छ । रासस

प्रकाशित मिति : असार ११, २०८३ बिहीबार  १० : ११ बजे