काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूलय तोलामा पाँच हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७८ हजार ३०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














