काठमाडौँ । चिया निर्यातमा देखिएको समस्याका कारण बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्।
सरकारले उद्योगीहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै विशेष कार्यदल गठन गरेपछि उद्योग सञ्चालनको वातावरण बनेको हो।
भारततर्फ चिया निर्यातमा उत्पन्न अवरोधका कारण झापा र इलामका अधिकांश चिया उद्योग असार १ र ४ गतेदेखि बन्द भएका थिए। उद्योग बन्द हुँदा किसान, श्रमिक तथा व्यवसायी प्रभावित बनेका थिए।
यसबीच प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने र निर्यात सहजीकरणका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको थियो। सरकारी प्रतिबद्धतापछि उद्योगीहरूले आन्दोलनका कार्यक्रम स्थगित गर्दै उद्योग सञ्चालनमा ल्याएका हुन्।














