सुनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज शुक्रबार छापावाल सुन तोलामा ८०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई लाख ७९ हजार १०० रुपैयाँ कायम छ ।बिहीबार तोलामा दुई लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य तोलामा चार हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : असार १२, २०८३ शुक्रबार  ११ : ०८ बजे