इन्धनको मूल्य घटेलगत्तै काठमाडौंका निजी पेट्रोल पम्पहरू बन्द



काठमाडौँ, असार १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बुधबार बन्द देखिएका छन्।

मूल्य घटेसँगै पुरानो मौज्दातबाट हुने घाटा देखाउँदै धेरै निजी पम्पले बिक्री बन्द गरेका हुन्।

निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको थियो।

निजी पेट्रोल पम्पहरुले पेट्रोल र डिजेल छैन लेखिएका ट्याग समेत राखेका छन्।

प्रकाशित मिति : असार १७, २०८३ बुधबार  ३ : ३९ बजे