नेपाललाई विश्वको ‘वेलनेस हब’ बनाउँछौँः मन्त्री पौडेल



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाललाई आरोग्य ९वेलनेस० पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न सरकार ‘आरोग्य पर्यटन दशक’ मनाउने तयारीमा रहेको बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले सांसदहरुलाई आरोग्य पर्यटन वर्षमा मात्र सिमित नभई आरोग्य पर्यटन दशमा केन्द्रित भएर छलफल गर्न आग्रह समेत गरे ।

उनले अगामी आर्थिक वर्षलाई आरोग्य पर्यटन प्रवद्र्धनको आधार निर्माण गर्ने वर्षका रूपमा अघि बढाइने समेत बताए ।

प्रकाशित मिति : असार १७, २०८३ बुधबार  ७ : १२ बजे