कर्णाली नदीमा खस्यो फोर्स गाडी, उद्धार कार्य जारी



काठमाडौँ । बिहीबार सुर्खेतबाट कालिकोटका लागि छुटेको फोर्स गाडी कर्णाली नदीमा खसेको छ।

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको फोर्स मिनीबस बुधबार बिहान करिब साढे ११ बजे सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ सुरक्षा निकायले तत्कालै उद्धार कार्य अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार अहिलेसम्म घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ।

प्रकाशित मिति : असार १८, २०८३ बिहीबार  २ : १६ बजे