तोलामा ७ हजार २ सय रूपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।

आज सुनको मूल्य तोलामा ७ हजार २ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा चार हजार चार सय ५० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ६ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : असार १९, २०८३ शुक्रबार  ११ : २१ बजे