आगामी वर्ष पनि अधिक तरलता कायमै रहने,७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

राष्ट्र बैकले मंगलवार सार्वजानिक गरेको मौद्रिक नीतिले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । विगतका प्रवृत्तिका आधारमा यो लक्ष्य चुनौतीपूर्ण देखिएपनि सरकारले अघि सारेका आर्थिक सुधार, निजी क्षेत्रको लगानीमैत्री वातावरण, पूँजीगत खर्चमा सुधार तथा वाह्य आर्थिक अवस्था अनुकूल रहेमा लक्ष्य हासिल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आगामी वर्ष मुद्रास्फीति ५.५ प्रतिशतभित्र सीमित रहने प्रक्षेपण गरेको छ ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि अधिक तरलताको अवस्था कायमै रहने जनाएको छ। बैंकले समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने दाबी गरे पनि विप्रेषण आप्रवाह, पर्यटन क्षेत्रको आय सार्वजनिक खर्चका कारण तरलताको समस्या यथावत रहने जनाएको छ।

‘मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याजदरको अवस्थाले अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ । वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवम् आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ । यद्यपि, विप्रेषण आप्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आँकलन छ,’आज सार्वजनिक गरिएको मौद्रिक नीतिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : असार २३, २०८३ मंगलबार  ७ : २७ बजे