राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास



काठमाडौँ। राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाह प्रयास गरेका छन् ।

विभागको ३ नम्बर गेट अगाडि एक पुरुषले बिहीबार दिउँसो शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् ।

उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

उनको परिचय खुलेको छैन।

प्रकाशित मिति : असार २५, २०८३ बिहीबार  ३ : ३३ बजे