काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्युभएपछि उनका आफन्तसहितले विर अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।
बिहीवार राहदानी विभागअगाडि बाइकमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक गरेपछि नेपालीले आत्मदाहको प्रयास गरेका थिए । पछि उनलाई प्रहरीले वीर अस्पताल पु¥याएको थियो ।
भेन्टिलेटरमा उपचाररत नेपालीलाई शुक्रवार बिहान चिकित्सकले मृत घोषणा गरेको थियो ।
उनको मृत्युपछि आफन्तहरुले राज्यको लापरबाहीको कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुले कीर्तिपुरस्थित बर्न अस्पताल लग्नुको सट्टा वीर अस्पतालमा भर्ना गरेर मर्न बाध्य पारेको आरोप लगाएका छन् ।














