काठमाडौँ। काठमाडौँका मिडिया हाउस बाहिर सडकमा शंकास्पद पार्किङ गरी राखिएका गाडी क्रेनको प्रयोग गरी हटाइएको छ ।
तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँबानेश्वरमा रहेको अनलाइनखबर‚ मध्यबानेश्वरमा रहेको हिमालय टेलिभिजन अगाडिको सडकमा बेवारिसे छाडिएका गाडी प्रहरीको सहायतामा हटाइएका हुन्।














