काठमाडौं,३२ असार । अघिल्लो दिन १४ अंक बढेको सेयर बजार बिहीबार ७.५० अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से २५९७ अंकमा कायम भएको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब १६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको कारोबार भएको छ ।
बैंकिङ ०.६२, विकास बैंक ०.०८, लगानी ०.११, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.११, अन्य ०.३१ तथा व्यापार ०.३२ प्रतिशत बढे । उत्पादन तथा प्रशोधन ०.११, जलविद्युत् ०.३४, होटल तथा पर्यटा ०.०९ र फाइनान्स समूह ०.६६ प्रतिशत घटे ।
फर्स्ट माइक्रोफाइनान्सको १४.६७, चिरख्वा हाइड्रोपावरको १४.३४, पियोर इनर्जीको १३.९७, माइखोला हाइड्रोपावरको १२.५२, सयपत्री हाइड्रोपावरको ८.५५ प्रतिशत मूल्य बढ्यो ।
आज १२१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ३ को स्थिर रह्यो । अधिकांश समूहगत सूचक बढेका छन् ।














