काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ।
बैंकले सार्वजनिक गरेको नयाँ दररेटअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७६ पैसा र बिक्रीदर १५४ रुपियाँ ३६ पैसा कायम गरिएको छ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८५ पैसा र बिक्रीदर १७६ रुपियाँ ५३ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ६० पैसा र बिक्रीदर २०७ रुपियाँ ४१ पैसा रहेको छ। स्वीस फ्रयांक एकको खरिददर १९० रुपियाँ ३४ पैसा र बिक्रीदर १९१ रुपियाँ ०९ पैसा निर्धारण हुँदा अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ १७ पैसा र बिक्रीदर १०७ रुपियाँ ५८ पैसा कायम भएको छ।
यस्तै क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ५७ पैसा र बिक्रीदर ११० रुपियाँ, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ११ पैसा र बिक्रीदर ११९ रुपियाँ ५८ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६९ पैसा र बिक्रीदर २२ रुपियाँ ७८ पैसा तोकिएको छ।
खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९४ पैसा र बिक्रीदर ४१ रुपियाँ १० पैसा निर्धारण गरिएको छ भने जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।














