सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ।

आज सुनको मूल्य तोलामा एक हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।सोमबार तोलामा चार हजार तीन सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : श्रावण ५, २०८३ मंगलबार  ११ : ५४ बजे