कर्णाली। अविरल वर्षापछि आएको पहिरोमा परी जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। पहिरोमा परी नौ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार पहिरोमा परी स्थानीय ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको हो। पहिरोमा परी सोही वडाका ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री बेपत्ता भएका छन्।
पहिरोमा घाइते भएका नौ जनामध्ये एक जनाको नेपालगञ्ज नर्सिङ अस्पताल, दुई जनाको कोहलपुर मेडिकल कलेज र तीन जनाको स्थानीय डौरीकाँडा मेडिकल सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।









