भदौ ३,काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेपछि बहुप्रतीक्षित Sierra.ev को नेपालमा आधिकारिक आगमन भएको छ।
उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै
लन्चअघि नै अटो पारखीहरूमाझ व्यापक कौतुहलता सिर्जना गर्न सफल यो मोडल भदौ १० देखि १५ सम्म काठमाडौँमा आयोजना हुने नाडा अटो शो (NADA Auto Show 2026) मा आधिकारिक रूपमा सार्वजनिक (Launch)गरिँदैछ।
आफ्नो सेग्मेन्टमा अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र विशिष्ट डिजाइनको बेजोड संगम बोकेको Sierra.ev नेपाली बजारमा भित्रिने नयाँ बेन्चमार्क इभी मोडल हो। भारतीय बजारमा बिक्री र बुकिङका नयाँ मापदण्ड कायम गरेको यस गाडीले नेपाली विद्युतीय सवारीसाधनको क्षेत्रमा समेत नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।
नेपाली सडकको बनावट र आधुनिक चालकको आवश्यकतालाई दृष्टिगत गरी भित्र्याइएको क्ष्भचचब।भख ले प्रिमियम राइडिङ र ड्राइभिङ डाइनामिक्सको नयाँ मानक स्थापित गर्नेछ। दमदार रोड प्रेजेन्स, उत्कृष्ट ब्याट्री रेन्ज र मजबुत निर्माण शैलीका साथ आउँदै गरेको क्ष्भचचब।भख ले नेपालको इभी क्षेत्रमा नयाँ व्यावसायिक क्रान्ति ल्याउने निश्चित छ।
अटोमोबाइल क्षेत्रको यस महत्त्वपूर्ण माइलस्टोनको साक्षी बन्न तथा क्ष्भचचब।भख लाई नजिकबाट नियाल्न नाडा अटो शो मा यसको स्टल अवलोकनका लागि काउन्टडाउन सुरु भइसकेको छ।









