गरिमाको बलात्कारपछि हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ



काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का छन् ।

घटना अनुसन्धानमा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीन बहादुर घलेले बताए ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ मा गरिमा भदौ २ मा मृत भेटिएकी थिइन् । घरबाट हराएको ३ दिनमा गरिमा मृत भेटिएकी थिइन् ।

प्रकाशित मिति : भाद्र ८, २०८३ सोमबार  १२ : २७ बजे