सरकारलाई गगनको चुनौती: ‘पक्राउ गर्न आउँदा हतकडी लिएर आउनु’



काठमाडौं, मंसिर ८ । नेपाली काँग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उनले सरकारमाथी प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाएका हून।

सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाएको उनले बताएका छन्। उनले त्यसबाट आफू नडराउने बताएका छन् । उनले आफूलाई पक्राउ गर्ने भए हत्कडी लिएर आउन चुनौती दिएका छन्। राजाको शासनकालमा समेत राजद्रोहको मुद्दा खेपेको उल्लेख गर्दे उनले कसैले तर्साउँदैमा आफू तर्सिने पक्षमा नरहेको बताएका छन् ।

उनले माओवादी सशस्त्र द्वन्द्वकाल र ओली नेतृत्वको शक्तिशाली सरकारका पालासम्म आफूले सत्तालाई निरन्तर प्रश्न गर्दै आएको बताएका छन् । शक्तिशाली सरकारसँग प्रश्न गर्दा राजनीतिक मूल्य चुकाउनुपर्ने भएपनि आफू पछि नहट्ने उनको भनाई छ । उनले सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरेर कांग्रेस नेतृत्वलाई दबाबमा पार्ने प्रयास भइरहेको आरोप समेत लगाएका छन्।

उनले भने, क्रँदै गर्दा खाली हात चाहीँ नआउनु, हतकडी चाहिँ लिएर आउनु, खाली हात चाहिँ जान्न । यत्ति कुरा मात्रै हो । न नेपाली कांग्रेस पार्टीले आफ्नो क्यारेक्टर लुज गर्छ, न कांग्रेसको सभापतिले आफ्नो क्यारेक्टर लुज गर्छ ।’

प्रकाशित मिति : मंसिर ८, २०८३ मंगलबार  ४ : ११ बजे