काठमाडौं । आज साताको दोस्रो कारोबार दिन पनि सेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक ५.३० अंकले घटेर २,५९४ को विन्दुमा कायम भएको छ ।
आज ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ ।
आज ४ अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज मकर जितुमाया हाइड्रोको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ९० करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४।९९ प्रतिशतका दरले कमाएका हुन् । आज धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।









