सामान्य घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सामान्य घटेको छ।

मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला तीन लाख २२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला चार हजार नौ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : भाद्र १०, २०८३ बुधबार  ११ : ५२ बजे