काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्य बढेको छ।
बिहीबार प्रतितोला सात हजार ६ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन तोलामा दुई हजार पाँच सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख चार हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज प्रतितोला चार हजार सात सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।









