काठमाडौँ, भदौ २० गते । बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) को अडिट–४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।
नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले संयुक्त रूपमा केहीबेरअघि टनेलभित्र फसेका ती चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ ल्याइँदै गरिएको जनाइएको छ ।
बाढी गएको ११औँ दिनमा टनेलबाट चिनियाँ नागरिकको उद्धार भएको हो । लामो समयसम्म टनेलभित्र फसेका व्यक्तिको उद्धार सफल भएपछि उद्धार टोलीले महत्वपूर्ण सफलता हासिल गरेको छ ।









