सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं, भदौ २१ । आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ हजार १ सय रुपैयाँ घटेको हो ।

योसँगै आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७६५ रुपैयाँ थियो ।

प्रकाशित मिति : भाद्र २१, २०८३ आईतबार  १२ : ०६ बजे