काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कुमार लुइँटेलले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।
युवा नेता लुइँटेलले कांग्रेसको जारी १५औँ महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
लुइँटेलले केन्द्रीय सदस्य पदमा आफ्नो दाबीलाई स्वाभाविक राजनीतिक वृत्तिविकासका रूपमा व्याख्या गरेका छन्।
परम्पराको सम्मान, परिवर्तनको संकल्पू भन्ने मूल नाराका साथ उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका लुइँटेलले पार्टीभित्रको रूपान्तरण र पुस्तान्तरणको बहसलाई व्यवहारमा उतार्न नेतृत्व तहमा बसेर काम गर्न चहेको बताए ।
पार्टीलाई समयानुकूल, ऊर्जाशील र जनमुखी बनाउन आफुले लामो समय काम् गरेको उल्लेख् गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग तथा समर्थनको अपिलसमेत गरेका छन्।
२०८२ सालको प्रतिनिधि सभा निर्वाचनमा ओखलढुङ्गा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार बनेका लुइँटेलले अत्यन्तै कडा र रोचक प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेलसँग जम्मा ५ मतको झिनो अन्तरले पराजित भएका थिए।
विद्यार्थी कालमै नेविसंघको राजनीति थालेका उनले यसअघिका जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए। उनि सभापति गगनकुमार थापा र महामँित्र प्रदिप् पौडेल निकटका युवा नेताको रूपमा पनि चर्चामा छन्।










