सुनको मूल्य सामान्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

बुधबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा २ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : आश्विन २१, २०८३ बुधबार  ११ : ४७ बजे