काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।
आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ३९० मा कारोबार भएको चाँदी आज ४ हजार ४०५ रुपैयाँ पुगेको छ ।










