करदाता प्रोत्साहन कार्यक्रमः ३ हजारको किनमेलमा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार



काठमाडौं । आन्तरिक राजश्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको १० लाख रुपैयाँ राशिको बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले जितेकी छन् ।

दशैंका अवसरमा नुवाकोटस्थित ‘एस।एस। फेन्सी हाउस’ बाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका लागि छनोट भएको हो ।

काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममार्फत चर्चित कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताहरूको घोषणा गरेका थिए ।

विजेता घोषणा भएलगत्तै कलाकारद्वयले कार्यक्रमस्थलबाटै तामाङलाई टेलिफोनमार्फत १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : कार्तिक १, २०८३ आइतबार  ५ : ४५ बजे