कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै, आज राति देशभर नै आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार र बिहीबार भने मौसममा बदली भई कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ भने लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक(दुई स्थानमा समेत भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : कार्तिक १०, २०८३ मंगलबार  ७ : ४८ बजे