सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट



काठमाडौँ, कात्तिक १२ । सभामुख डिपी अर्याललाई उहाँको कार्यकक्षमा भेटर कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टर्किएको अन्तल्यामा यसै महिना आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन ‘कोप–३१’मा नेपालको सहभागिताबारे जानकारी दिएका छन् ।

साथै, मन्त्री चौधरीले जलवायु न्यायका खातिर मुलुकलाई हानि तथा नोक्सानी कोषबाट दुई करोड तथा अनुकूलन कोषबाट चार करोड ५० लाख अमेरिकी डलर सहयोग प्राप्त हुने जानकारी पनि सभामुखलाई दिएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १२, २०८३ बिहिबार  २ : ४२ बजे