काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग जाने तयारी गरेको छ ।
पार्टीले आवश्यक कागजात तयार पारिरहेको र सम्भव भएसम्म शुक्रबार नै आयोगमा निवेदन दिने जनाएको छ ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले विवरण अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको थियो । सोही निर्णयअनुसार आयोगमा पेस गर्ने कागजात तयार पारिएको हो ।










