काठमाडौं । डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरू तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट) विजयी भएका छन्।
रिपब्लिकन पार्टीका ट्रम्पको राष्ट्रपतीय कार्यकालका बाँकी दुई वर्षमा अब डेमोक्र्याटिक पार्टीको नियन्त्रण कायम हुन भएको छ। कङ्ग्रेसमा नियन्त्रण कायम भएकाले डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पविरुद्ध तेस्रो पटक महाभियोग लगाउन सक्ने सम्भावना पनि छ।
सीनेटमा नियन्त्रण कायम गर्ने महत्त्वपूर्ण प्रतिस्पर्धामा डेमोक्र्याटहरूले १८ वर्षयता पहिलो पटक नोर्थ क्यारोलाइना जितेका छन्। त्यहाँ रोय कूपरले रिपब्लिकनहरूबाट उक्त सीट खोसेका छन्।
रिपब्लिकन पार्टीको वर्चस्व कायम रहँदै आएका टेक्सस, ओहायो र क्यान्ससमा सीनेटमा डेमोक्र्याटिक पार्टी विजयी भएको छ। क्यान्ससमा १०० वर्षअघि मात्र डेमोक्र्याटिक पार्टीका उम्मेदवार सीनेटमा निर्वाचित भएका थिए।
यस मध्यावधि निर्वाचनमा तल्लो सदनका सबै ४३५ सीट, माथिल्लो सदनका १०० मध्ये ३५ सीट र गभर्नरहरूसहित पदका लागि चुनावी प्रतिस्पर्धा थियो।
मतदाताहरूको मनोदशा डोनल्ड ट्रम्प र रिपब्लिकनहरूको विपक्षमा गएको देखिन्थ्यो।
सीनेटका मुख्य प्रतिस्पर्धामा डेमोक्र्याटिक सिनेटर जोन ओसफ जोर्जामा पुनस् निर्वाचित भएका छन्।
ओसफलाई सन् २०२८ को सम्भावित राष्ट्रपति पदको उम्मेदवारको रूपमा व्यापक रूपमा हेरिँदै आएको छ।
उनले समर्थकहरूलाई सम्बोधन गर्दै मतदाताहरूले ट्रम्पको भ्रष्टाचार र अक्षमतालाई अस्वीकार गरेकोू बताए।
पूर्वराष्ट्रपति बराक ओबामाले आफ्नो पार्टीको ठूलो जित अमेरिकीहरू परिवर्तन चाहन्छन् भन्ने प्रमाण भएको बताएका छन्।
आज राति अमेरिकी जनताले एक स्पष्ट सन्देश दिएका छन् – उनीहरू विभाजित गर्नेभन्दा मानिसहरूलाई एक ठाउँमा ल्याउने राजनीति चाहन्छन् अनि आफूले सामना गरिरहेका चुनौतीहरूको ठोस समाधान दिने नेताहरू चाहन्छन्, एक्समा ओबामाले लेखेका छन्।
मिशिगन र जोर्जाजस्ता स्विङ स्टेटमा ओबामा डेमोक्र्याटिक उम्मेदवारहरूसँगै निर्वाच प्रचारप्रसारमा सहभागी भएका थिए।
अब हाम्रो काम भनेको कम्मर कसेर लाग्नु, हामीसँग जहाँजहाँ अधिकार छ त्यहाँ परिवर्तन गर्नु, थप हुन नदिनु र भविष्यका लागि आधार तयार पार्नु हो।ू
यो परिणामले कङ्ग्रेसमा विपक्षी डेमोक्र्याटिक पार्टीको नियन्त्रण हुने सुनिश्चित गरेको छ।
अमेरिकी कङ्ग्रेस दुई सदन मिलेर बनेको छ। तल्लो सदनलाई हाउस अफ रिप्रिजेन्टेटिभ्सु भनिन्छ भने माथिल्लो सदनलाई सीनेट भनिन्छ।
तल्लो सदनमा बहुमत प्राप्त गर्न कुनै पनि दललाई २१८ सीट आवश्यक पर्छ। सीनेटमा स्पष्ट बहुमतका लागि ५१ सिट चाहिन्छ।
यसअघि दुवै सदनमा रिपब्लिकन पार्टीको नियन्त्रण थियो।










