परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका मिस्री र परराष्ट्रमन्त्री खनालबीच द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार भेटका क्रममा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने तथा सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

भेटवार्तामा दुवै देशका उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : कार्तिक १८, २०८३ बुधबार  १ : ३१ बजे