मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त
काठमाडौँ । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
तेस्तै सरकारले नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको कार्यालयमा आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी उक्त जिम्मेवारीमा कार्कीलाई खटाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता पोखरेलले कार्कीमाथि कुनै कारबाही नगरिएको दाबी गर्दै वर्तमान विशेष परिस्थितिमा मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी परामर्श र सल्लाह दिन नयाँ पद सिर्जना गरिएको बताए ।
कार्कीलाई किन जिम्मेवारीबाट हटाइएको भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रवक्ता पोखरेलले यो कारबाही नभई जिम्मेवारी हेरफेर मात्र भएको बताएका छन् ।
सरकारका प्रवक्ता पोखरेलले जिम्मेवारी हेरफेर मात्र भनेपनि पछिल्ला विवादास्पद घटनाक्रमहरूमा आइजीपी कार्कीको समेत भूमिका देखिएको भन्दै सरकारले उनलाई पदबाट हटाएको बताईएको छ ।










