गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. कोईराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले पार्टीभित्र एकार्कालाई ‘भिलेन’ बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गरिबी, अशिक्षा र बेरोजगारी नै पार्टीको मुख्य चुनौती रहेको उनले बताएका छन् ।

काठमाडौंमा शनिवार आयोजित नेपाली काँग्रेसको १५ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले गगन थापाप्रति लक्षित आलोचनाले उल्टै उनको चर्चा र महत्व बढाइरहेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

डा। कोईरालाले महाधिवेशनलाई पार्टीको भविष्य उजागर गर्ने ऐतिहासिक कडी भएको बताए।

उनले १५ औँ महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिन कार्यकर्ताहरूलाई आग्रह गर्दै अधिवेशनको सफलतामा सहभागिताको ठूलो भुमिका रहने बताए ।

प्रकाशित मिति : कार्तिक २१, २०८३ शनिबार  ६ : ३४ बजे